Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

    संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 300
    SHARES

    काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

    संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी थालिएको हो ।



    सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम रहेको छ ।

    सभामुख घिमिरे उज्वेकिस्तान जानुअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

    अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुँदैछ ।

    त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको स्रोतले बतायो ।

    संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार