एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डले कीर्तिमान बनाए पनि खेल बराबरीमा रोकिएको हो । शनिबार राति घरेलु मैदानमा भएको खेलमा हाल्यान्ड र ओमार मार्मोउसले गोल गरे ।
पाहुना टिमका पर्भिस इस्टुपिनानले गोल गर्दा ब्राइटनले अर्को गोल भने आत्मघाति उपहार पाएको थियो । हाल्यान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोलमा योगदान पुर्याउने खेलाडी बने ।
हाल्यान्डले यो कीर्तिमान ९४ खेलमै बनाएका हुन् । यसअघि यो कीर्तिमान एल सेररको नाममा थियो । उनले १०० खेलमा १०० गोलमा योगदान पूर्याउने खेलाडीको कीर्तिमान राखेका थिए ।
बराबरीपछि सिटी ४८ अङ्कसहित पाँचौँ तथा ब्रिङटन ४७ अङ्क सहित सातौँ स्थानमा छन्। ४७ अङ्क रहेको न्यु क्यासल र ४९ अङ्क रहेको चेल्सीले एक खेल कम खेलेका छन्।
Leave a Reply