Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • अमेरिकाले गर्‍यो यमनमा ठूलो आक्रमण, १९ जनाको मृत्यु

    अमेरिकाले गर्‍यो यमनमा ठूलो आक्रमण, १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 108
    SHARES

    एजेन्सी । अमेरिकाले यमनमा ठूलो आक्रमण गरेको छ । शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्षित गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएका थिए । त्यसपछि अमेरिकी सेनाले यमनमा आक्रमण गरेको दाबी गरिएको हो ।



    ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको छ ।

    यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको बताइएको छ ।

    आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार