Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • दक्षिण अमेरिकामा अचानक भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

    दक्षिण अमेरिकामा अचानक भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 156
    SHARES

    एजेन्सी । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ ।

    आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो धनजनको क्षति पुर्‍याएको हो । आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ ।



    टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ ।

    ट्र्याकर पावरआउटेजका अनुसार ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन । यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन् ।

    मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार