Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • नेप्सेको सिइओका लागि पाँच जनाको ‘सर्टलिस्ट’, बुधबार अन्तर्वार्ता

    नेप्सेको सिइओका लागि पाँच जनाको ‘सर्टलिस्ट’, बुधबार अन्तर्वार्ता

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 93
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का निम्ति पाँचजना सर्टलिस्ट प्रकाशित गरिएको छ ।

    अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले नेप्सेको सिइओका लागि चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सर्टलिस्ट गरेको हो ।



    समितिले प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ ।

    आवेदकहरूलाई नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाणहरू लिई उपस्थित हुन समितिले भनेको छ ।

    सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता चैत ६ गते बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार