Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : यस्ता छन् अनेरास्ववियुका उम्मेदवारहरुका एजेन्डा [सूचीसहित]

    ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : यस्ता छन् अनेरास्ववियुका उम्मेदवारहरुका एजेन्डा [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २ चैत्र २०८१
  • 633
    SHARES

    कैलाली । ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फका उम्मेदवारहरुले आफ्ना चुनावी एजेन्डाहरु सार्वजनिक गरेका छन् ।

    नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका उम्मेदवारहरुले यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि २४ बुँदे एजेन्डाहरु सार्वजनिक गरेका हुन् ।



    उनीहरूले विद्यार्थीहरूको शैक्षिक विकास, क्याम्पस व्यवस्थापन, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाकलापलाई मुख्य प्राथमिकतामा राख्दै आगामी कार्यकालमा ती सुधारहरू लागू गर्ने एजेन्डा अघि सारेका छन् ।

    अनेरास्ववियुले ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपेन्द्र भट्टलाई सभापतिको उम्मेदवार बनाएको छ । पहिलो एजेन्डाका रुपमा विद्यार्थीहरूलाई अध्ययनसँगै व्यक्तित्व विकास, नेतृत्व विकास, लोकसेवा, बैंकिङ, कम्प्युटर तथा अन्य आवश्यक तयारी कक्षाहरू सञ्चालन गरिने रहेको छ ।

    यस्तै अध्ययनमा कमजोर विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था गरिने बताइएको छ । वार्षिक रुपमा आयोजना हुँदै आएको एमसी कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइने छ ।

    यसैगरी, प्रत्येक दुई महिनामा विद्यार्थीहरूका समस्याबारे स्ववियु र प्रशासनबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पनि प्रमुख एजेन्डा रहेको छ ।

    यस्ता छन् मुख्य एजेन्डाहरू :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार