काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सरकारमा जान लागेको हल्ला निराधार भएको दाबी गरेको छ ।
शनिबार अध्यक्ष प्रचण्डको निजी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत बेतुकको हल्ला चलाइएको दाबी गरेकी हुन् ।
उनले लेखेकी छिन्, ‘भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले “माओवादी केन्द्र पनि सरकारमा जाँदैछ” भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन।’
हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको उनले बताइन् ।
Leave a Reply