Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • यस्तो छ चैत १५ सम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ !

    यस्तो छ चैत १५ सम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ !

    अनलाइन नेपाल
  • शनिबार, २ चैत्र २०८१
  • 261
    SHARES

    काठमाडौं । संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार गरेको छ ।

    शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार चैत १५ सम्मको उक्त क्यालेन्डर तयार गरिएको हो ।



    क्यालेन्डरअनुसार, अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी सात दिन बैठक बस्नेछ । चैत ३ गते बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची पनि तय गरिएको छ ।

    आइतबार (चैत ३) बस्ने बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार