Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • उपप्रधानमन्त्री सिंहले भने – पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन

    उपप्रधानमन्त्री सिंहले भने – पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन

    अनलाइन नेपाल
  • शनिबार, २ चैत्र २०८१
  • 138
    SHARES

    तानसेन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन्।

    नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले सो कुरा बताएका हुन् ।



    उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको दाबी गरे। यसअघिका सरकारले अगाडि बढाएको पूर्वविशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको बताए ।

    सहरी विकासमन्त्री सिंहले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । सुविधा थप्ने सरकारको मनसाय छैन।’

    उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए।

    राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनाएको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार