Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • प्रचण्डलाई शाहीको जवाफ – तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ

    प्रचण्डलाई शाहीको जवाफ – तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ

    अनलाइन नेपाल
  • शुक्रबार, १ चैत्र २०८१
  • 348
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनास गरेको आरोप लगाएका छन् ।

    शुक्रबार साझ सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् ।



    ‘सिधा भाषामा भन्दा विदेशीको इशारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ,’ शाहीले लेखेका छन् ।

    उनले अगाडि सोधेका छन्, ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो, तपाईंले। विदेशीको इशारामा मन्दिर, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले। ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले। क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले।’

    यसअघि दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार