Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा धिरज पटेल पक्राउ

    अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा धिरज पटेल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ चैत्र २०८१
  • 180
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन्।



    उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो।

    उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको २ तले घरको कोठाबाट इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको पाइएको सीआईबीले जनाएको छ ।

    पक्राउ परेका पटेलविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार