सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलक्षित गर्दै इँटको जवाफ पत्थरबाट दिने बताएका छन्।
सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त टिप्पणी गरेका हुन् ।
उनले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार रहेको बताए ।
उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे।
अध्यक्ष प्रचण्डले भने,‘जुन नौटंकी देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्याए ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने मन आफूलाई रहेको पनि उल्लेख गरे।
Leave a Reply