काठमाडौं । वुमन्स डे कप २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग टस हारेर फिल्डिङ गर्ने भएको छ।
हङकङकी कप्तान नताशा मिल्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।
फाइनल होडबाट बाहिरिएको नेपालले अघिल्ला ५ खेलमा ४ हार र १ जित हात पार्दै तालिकाको पुच्छरमा रहेको छ ।
रुबिना क्षेत्री बेलबासे, कविता जोशी र ममता चौधरीको स्थानमा बिन्दु रावल, राजमती ऐरी र रोमा थापा टिममा फर्किएका हुन् ।
Leave a Reply