Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • नागरिक समाजसँग अन्तरक्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

    नागरिक समाजसँग अन्तरक्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १ चैत्र २०८१
  • 87
    SHARES

    काठमाडौं । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।

    नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।



    बैठकमा पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको समाजवादी मोर्चाले जनाएको छ ।

    चैत्र १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए।

    उनले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने निर्णय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार