Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • समाजवादी मोर्चाको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

    समाजवादी मोर्चाको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • शुक्रबार, १ चैत्र २०८१
  • 180
    SHARES

    काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्दै छ ।

    नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।



    यही चैत १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको बताइएको छ । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ ।

    मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ ।

    फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार