Online Nepal
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • घुमुवालाई लुटपाटमा खटाउने डिएसपीलाई उन्मुक्ति ?

    घुमुवालाई लुटपाटमा खटाउने डिएसपीलाई उन्मुक्ति ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । क्रिप्टो कारोबारीको १४ लाख लुटेको घटनामा तीन प्रहरी यतीबेला हिरासतमा छन् ।

    प्रहरीको परिचयपत्र तथा हत्कडी नै देखाएर गत १८ फागुनमा भएको लुटपाटको सो घटनाले प्रहरी संगठनकै बदनाम भएको थियो ।



    त्यसरी लुटपाट गर्ने प्रहरी बानेश्वर वृत्तमा कार्यरत थिए । वृत्तका डिएसपी वीरेन्द्र गोदारले नै उनीहरुलाई यस्ता काममा खटाउँदै आएका थिए ।

    तर, यो घटनामा डिएसपीको निर्देशनमा खटिने घुमुवालाई थुनामा राख्दा डिएसपीमाथि भने सामान्य सोधपुछ समेत हुन सकेको छैन ।

    सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेंशी घर भएका हिरा मंग्रातीले क्रिप्टो कारोबारी रोशन गुरुङलाई मुद्दामा फसाइदिने भन्दै १४ लाख लुटेका थिए ।

    दुवै जना यसरी पैसा उठाएर डिएसपीलाई बुझाउने गर्दथे ।उनीहरुलाई सूचना सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका राजेन्द्र कुमार केसीले दिएका थिए ।

    सोहीअनुसार उनीहरुले तर्साएर पैसा लुटेका थिए। लुटेको पैसा सशस्त्र प्रहरीका हवल्दार केसीको खातामा भेटिएको थियो । त्यो पैसा बानेश्वर वृत्तका प्रहरी र सशस्त्र प्रहरीका हवल्दारबीच बाँडफाँडको सहमति थियो ।

    तर, तेस्रो दिनमै पक्राउ परेकाले बाँडफाँड हुन सकेन । स्रोतका अनुसार डिएसपीसम्म सेटिङ गरिएको भन्दै उनीहरुले यसबारे कतै उजुरी नगर्न भनेका थिए ।

    प्रहरीलाई त्यसरी लुटपाटमा सघाउने मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनिस कुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ भने पीडित भनिएका गुरुङलाई पनि नियन्त्रणमा लिएर क्रिप्टो कारोबारसम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।

    स्रोतका अनुसार डिएसपी गोदारका घुमुवाले यसअघि पनि यसरी धेरै व्यक्तिहरुलाई दुःख दिएको उजुरी परेका थिए । बानेश्वर वृत्त मातहतका रेष्टुरेन्ट व्यवसायी समेत प्रहरीबाट आजित हुने गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार