Online Nepal
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • युगान्डासँग नेपाल ४० रनले पराजित

    युगान्डासँग नेपाल ४० रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०८१
  • 159
    SHARES

    काठमाडौं । वुमन्स डे कप २०२५ मा नेपाल युगान्डासँग पराजित भएको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा नेपालले खेलेको आफ्नो पाँचौं खेलमा युगान्डासँग ४० रनले पराजित भएको हो ।

    ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो। नेपालका लागि कविता जशीले १२ र इन्दु बर्माले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।



    यसअघि टस जितेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो।

    यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो। साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ। नेपाल अङ्क तालिकाको पुच्छारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार