Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • जुन दिन वीरेन्द्र र दीपेन्द्रको ‘नाश’ भयो, राजतन्त्र त्यही दिन सकियो : मन्त्री गुरुङ

    जुन दिन वीरेन्द्र र दीपेन्द्रको ‘नाश’ भयो, राजतन्त्र त्यही दिन सकियो : मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०८१
  • 144
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् ।

    मंगलबार काठमाडौंमा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरूले ठूलो गल्ती गरेको बताए ।

    भइरहेको राजालाई दरबारबाटै मारिएको उनको आरोप छ । उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार