Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनाका लागि लगाइयो निषेधाज्ञा

    काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनाका लागि लगाइयो निषेधाज्ञा

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०८१
  • 525
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फागुन २५ बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।



    राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

    जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ,‘यी स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा निषेधाज्ञा आदेश जारी गरिएको छ।’

    निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

    कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार