Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • एकीकृत समाजवादीले भन्यो – प्रतिगमनकारीहरूलाई नांगेझार पारौं

    एकीकृत समाजवादीले भन्यो – प्रतिगमनकारीहरूलाई नांगेझार पारौं

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०८१
  • 156
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिगमनकारीहरूलाई नांगेझार पर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले निष्कर्ष निकालेको हो।



    एकीकृत समाजवादीले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको भन्दै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेको छ।

    बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गर्न थालेका छन्। वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौं ।’

    सचिवालय बैठकले यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत रहेको र यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको निष्कर्ष निकालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार