Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

    राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०८१
  • 84
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका हुन्।



    सम्मेलनमा सरोकार पक्षहरूले सामाजिक उन्‍नतिका लागि सिर्जनशील ढंगले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन, वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको यथोचित प्रयोग, उत्पादनशील र मर्यादीत श्रमको विकास, श्रम बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिमा सन्तुलन, मर्यादित वैदेशिक रोजगारीको विकास लगायतको बिषयमा छलफल हुनेछ ।

    सम्मेलनबाट वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारको लागि रणनीतिक योजनामा बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।

    श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार