Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा बढ्यो : चित्रबहादुर केसी

    पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा बढ्यो : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०८१
  • 210
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिबाट संघर्षबाट प्राप्त उपलब्धिमाथि खतरा बढेर गएको बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

    पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा धेरै बढेर गएको कुरा बारम्बार गर्दै आएको पनि बताएको छ । प्रतिगमनका खतराका विरुद्ध लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरूलाई कार्यगत एकता हुन पर्नेमा जोड दिएका छन् ।



    उनले राजावादीको गतिविधि बनाइरहेका बेला राष्ट्रिय सबै परिवर्तनकारी शक्तिलाई कार्यगत एकता हुने विज्ञप्तिमार्फत आह्वान गरेका छन्।

    लोकतन्त्रवादी र गणतान्त्रिक शक्ति बिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने जनमार्चाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार