Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • आज धनगढी आउँदै पूर्वप्रधानमन्त्री देउवा

    आज धनगढी आउँदै पूर्वप्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०८१
  • 165
    SHARES

    कैलाली । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउँदै छन् ।

    कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन् । काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि आज बिहान ९ः३० बजे देउवा धनगढी विमानस्थलमा पुग्ने बताइएको छ ।



    सभापति देउवासँगै महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको छ ।

    धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ । पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार