काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजनीतिक सम्झौतामा आउन आह्वान गरेका छन् ।
आइतबार चार्टर्ड उडानमार्फत काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालिएको र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
उनले वर्तमान व्यवस्थालाई अस्वीकार गर्दै राजा सहितको प्रजातन्त्र पुनःस्थापना गर्नुपर्ने बताए । शाहीले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भने, ‘प्रधानमन्त्रीज्यू, अब कि त सचिनुस् कि त सकिनुस्। नविन सम्झौतामा आउनुस्।’
उनले चार प्रमुख बुँदामा नयाँ राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरेका छन् । उनले राजा सहितको प्रजातन्त्रको पुनःस्थापना, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीय प्रदेश संरचनाको खारेजी र हिन्दु, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणाको माग गरे ।
उनले चेतावनी दिँदै थप भने, ‘यदि प्रधानमन्त्री ओलीले यी मागहरू स्वीकार नगरे, जनता आफैं सडकबाटै तपाईं र तपाईंको व्यवस्थालाई फालिदिनेछन् ।’
Leave a Reply