कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पसल सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सञ्चालक लोहारले पसलको एक करोड बराबरको बिमा गराएको र बिमा रकम लिन आफैंले पसलमा आगजनी गरेको अनुसन्धानबाट खुलेको छ ।
आइटी हबमा गत फागुन १६ गते साँझ ७ बजे आगो लागेको थियो । लोहारले शिखर इन्स्योरेन्स कम्पनी बिमा गराएकाले क्षतिपूर्तिका लागि दाबी गरेका थिए ।
अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेकाले सन्देह लागेर अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको प्रहरीले जनाएको छ ।
लोहारमाथि जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
Leave a Reply