Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • रेड नोटिस जारी भएका व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

    रेड नोटिस जारी भएका व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०८१
  • 396
    SHARES

    काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंबाट खटिएको प्रहरीले शनिबार सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।



    जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फ्रेबुअरी १४ मा विरूद्ध रेड नोटिस जारी भएको थियो ।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार