Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव – पोलिटिक्समा आउनुस्, हामी स्वागत गर्छौैं

    पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव – पोलिटिक्समा आउनुस्, हामी स्वागत गर्छौैं

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०८१
  • 312
    SHARES

    कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आउन सुझाव दिएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई यस्तो सुझाव दिएका हुन् ।

    उनले राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताए । तर शाहले के मागेको आफूले नबुझेको बताए । ‘‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं । अराजनीतिमा आउने कि राजनीतिमा ,” ओलीले भने, “केमा साथ माग्नुभएको रु बुझिएन । अहिले बुझिएन मात्रै भनौँ ।”



    साथै उनले पूर्वराजाको फागुन ६ गते सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताए ।

    ‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ।’

    पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने ओलीको तर्क थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार