Online Nepal
  • सोमबार, १ बैशाख २०८२
  • स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस

    स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०८१
  • 345
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।

    कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको हो।



    समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

    समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको हो ।

    सम्भवत: अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्नेछ ।

    मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी समालिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार