Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनआईसी २७औं वार्षिक साधारणसभा सम्पन्न, ५ अर्ब बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित

एनआईसी २७औं वार्षिक साधारणसभा सम्पन्न, ५ अर्ब बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

फागुन २२ गते बिहीबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गरेको छ ।

साधरणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै साधरणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077