काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
फागुन २२ गते बिहीबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गरेको छ ।
साधरणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै साधरणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
Leave a Reply