Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यस कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा चैत ७ गतेसम्म आवेदन भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077