एजेन्सी । चीनले अमेरिकालाई सबै प्रकारको युद्धको लागि तयार रहेको चेतावनी दिएको छ । डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा अमेरिकास्थित चिनियाँ दूतावासले यस्तो चेतावनी दिएको हो ।
‘चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं,’ चिनियाँ दूतावासले सामाजिक सञ्जालमा भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनमाथि १० प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका थिए । यसअघि पनि फेब्रुअरीको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएका थिए।
केही दिन भित्रै अमेरिकाले चिनियाँ सामानहरूमा कुल २० प्रतिशत लेवी (कर) लगाएको छ।
Leave a Reply