Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • सडकमा चिच्याएर राजतन्त्र फर्किन नसक्ने सिटौलाको ठोकुवा

    सडकमा चिच्याएर राजतन्त्र फर्किन नसक्ने सिटौलाको ठोकुवा

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०८१
  • 411
    SHARES

    कैलाली । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सडकमा चिच्याएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने दाबी गरेका छन् ।

    कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् ।



    उनले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गरे ।

    यस्तै कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने उनले बताए ।

    दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार