Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२५ अंकले घट्यो नेप्से, १० अर्ब ९७ करोडको कारोबार

२५ अंकले घट्यो नेप्से, १० अर्ब ९७ करोडको कारोबार

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं। साताको चौथो कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेपछि नेप्से परिसूचक २८२१ मा कायम भएको हो ।

कारोबार रकम पनि आज घटेको छ । अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो ।

तीन दिनदेखि बजार लगातार झरेको छ । तीन दिनमा बजारले कुल ६९ अंक गुमाएको छ । बुधबार कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्दा १७४ वटाको मूल्य घट्यो ।

८ कम्पनीमा कुनै परिवर्तन भएन ।अघिल्लो दिन मंगलबार ३०.३६ अंकले घटेर परिसूचक २८४६.६२ बिन्दुमा बन्द भएको थियो । कारोबार १ अर्बभन्दा माथिको आएको थियो ।

दोहोरो अंकले बजार घटे पनि समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077