Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपेन्द्रलाई उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

    ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपेन्द्रलाई उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०८१
  • 4.9K
    SHARES

    धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववियुले दिपेन्द्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    मंगलबार बसेको अनेरास्ववियुको क्याम्पस कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको संयुक्त बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा भट्टलाई सभापति पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।



    उनी वर्तमान स्ववियु सचिव पनि हुन् । त्यस्तै, स्ववियु सचिव पदका लागि वर्तमान स्ववियु सदस्य तथा अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष प्रदीप खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

    यस निर्णयसँगै अनेरास्ववियुले ऐश्वर्य बहुमुखी क्याम्पसमा आफ्नो संगठनलाई थप बलियो बनाउने उद्देश्य लिएको छ। अनेरास्ववियुका नेताहरूले विद्यार्थीहरूलाई चैत ५ गतेको निर्वाचनमा सहभागी भई योग्य नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार