काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले भारतीय सुटर गुड्डु पटेललाई गोली हानी पक्राउ गरेको छ ।
दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी पटेललाई आइतबार प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै तीन जनालाई पक्रा गरी अनुसन्धान जारी राखेको थियो ।
प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीमाथि तीन राउण्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।
Leave a Reply