Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन खुला गरेको छ ।

लघुवित्तले एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका एक लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीको एफपीओमा लगानीकर्ताले यही फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत ३ गतेसम्म म्याद थपिनेछ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका निम्ति आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077