Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला

    स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०८१
  • 240
    SHARES

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन खुला गरेको छ ।

    लघुवित्तले एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका एक लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको छ ।



    कम्पनीको एफपीओमा लगानीकर्ताले यही फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत ३ गतेसम्म म्याद थपिनेछ ।

    लघुवित्तको एफपीओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका निम्ति आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार