Online Nepal
  • सोमबार, १५ बैशाख २०८२
  • किन हेरफेर भयो माओवादी अभियानको कार्यतालिका ?

    किन हेरफेर भयो माओवादी अभियानको कार्यतालिका ?

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०८१
  • 426
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले दोस्रो पटक ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ सम्बन्धी कार्य तालिका हेरफेर गरेको छ ।

    महोत्तरीदेखिका कार्यक्रमको समय तालिका परिवर्तन गरिएको हो । पार्टीको आन्तरिक विषय मिलाउन कार्यतालिका सामान्य हेरफेर गरिएको बताइउको छ ।



    स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका संशोधन गरिएको छ ।

    संशोधित कार्यतालिका अनुसार महोत्तरीमा फागुन २२ गते अभियान भएर सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ ।

    त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम) मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।

    चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन नहुने माओवादीले जनाएको छ ।

    यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार