पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशलाई बलिको बोको बनाउन खोजिएको बताएका छन् ।
पोखरामा भइरहेको १२ औं नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
थापाले प्रदेशलाई ‘स्केप गोट’ (बलिको बोको) बनाउन खोजेको बताए ।
सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ ।
जनताले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट भाग्न भने नमिल्ने महामन्त्री थापाले बताए।
Leave a Reply