Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन, संयोजकमा नेपाल

अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन, संयोजकमा नेपाल

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि बजेट लेखन समिति गठन गरेको छ ।

बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा समिति गठन गरिएको हो ।

सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।

बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरू कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी बजेट लेखन समितिको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077