काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गोवाका मन्त्रीले पशुपतिमा सुन दान गर्न चाहेको बताएका छन् ।
धार्मिक,सांस्कृतिक पत्रकार समाज, नेपालको आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्दै उड्डयनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताए। उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए ।
सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माण गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग गर्ने उनले बताए ।
पर्यटनमन्त्री पाण्डेले भने , ‘गोवाका मन्त्रीले नै सुनदान गर्न चाहनुभएको छ,पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ।’
धार्मिक भाव र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो। पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उनले यस्तो बताए ।
मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए।
Leave a Reply