Online Nepal
  • आइतबार, ३१ चैत्र २०८१
  • झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर भने–मलाई मनोवैज्ञानिक अवरोध भयो

    झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर भने–मलाई मनोवैज्ञानिक अवरोध भयो

    अनलाइन नेपाल
  • मंगलबार, १३ फाल्गुन २०८१
  • 336
    SHARES

    चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज चितवनको माडी पुगेका छन् । माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई–मधेस एक महिने जागरण अभियानमा भाग लिन आइतबार झापा पुगेका उनी एकाएक आज चितवन पुगेका हुन् ।

    झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ सोमबार साँझ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् ।



    मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएनन् । मोरङको कार्यक्रम छाडेर उनी माडी पुगेका हुन् ।

    श्रेष्ठ रिसाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको दोस्रो दिनको कार्यक्रम आज मोरङ जिल्लामा जारी छ । अहिले मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आमसभा भइरहेको छ ।

    आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिवसम्मका शीर्ष नेताहरु सहभागी छन्। तर, श्रेष्ठ भने सहभागी छैनन् ।

    यता, उनको सचिवालयले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले हिजो अभियान उद्घाटनपछि काठमाडौं फर्किएको जनाएको छ । उनका समर्थकहरूले मञ्चमा देखिएको आन्तरिक कुरालाई उचालेर माओवादीहरू नै गुटको खेलमा लागेको टिप्पणी गरेका छन् ।

    यद्यपी श्रेष्ठ आज चितवनका शहीद परिवारसँग भेटघाट शहीद पार्क शितलपुर गर्ने, माडीका अगुवा कार्यक्रता प्रशिक्षण र शिवरात्री मेलाको उद्घाटन गरेर साँझ अभियानमै फर्किने तयारी रहेको जनाइएको छ ।

    उनले चितवन पुगेर अध्यक्षकै आग्रहमा बोलेको भएपनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको बताए । उनले भने–‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।’

    त्यो घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रण गरे । उनले सार्वजनिकरूपमा माफी माग्दै पार्टीको अभियानलाई कुनै असर नपार्ने बताएका छन् ।

    कार्यक्रममै अध्यक्ष प्रचण्डले समेत सामान्य विषय भएको भन्दै यसलाई ठूलो नबनाउन आग्रह गरेका थिए । यद्यपी आयोजकले भने श्रेष्ठ विना कारण रिसाएको दावी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार