Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, पाँचजना घाइते

    बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, पाँचजना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १२ फाल्गुन २०८१
  • 150
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-९ मा पिकअप जीप दुर्घटना भएको छ ।

    सोमबार बडिगाड गाउँपालिका-७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।



    ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेकी ३५ वर्षीया जुना कँडेल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०/६० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार