काठमाडौं । मेरो नाम अश्विन साउद हो। अहिले म त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसमा अध्ययन गर्दैछु।
देशकै सबैभन्दा पुरानो क्याम्पसको रूपमा चिनिने यस संस्थामा प्रवेश परीक्षा पास गरी भर्ना हुँदा गर्व लागेको थियो।
तर, अहिले आएर मलाई जति आत्मग्लानि कसैलाई भएको छैन होला। विभिन्न टेलिभिजनले गरेका अनुगमनका रिपोर्टहरू हेर्दा आफू पाटन क्याम्पसमा पढ्छु भन्नसमेत लाज लाग्ने अवस्था छ।
जस्तोसुकै ऐतिहासिक पृष्ठभूमि भए पनि, क्याम्पसको मुख्य विज्ञान भवन झट्ट हेर्दा कुनै भूत बङ्गला जस्तो देखिन्छ। यही जीर्ण भवनले नै कलेजको वास्तविक अवस्था छर्लङ्ग पारिदिन्छ।
कक्षामा शिक्षकहरू पढाइरहँदा, आँखा भित्ताका चिरा, झर्ने माटो, र छानाबाट उम्रिएका झारहरूमा पुग्छ। कतै माथिबाट केही खस्ने त होइन भन्ने डरले मन सधैँ त्रसित हुन्छ।
८/९ वर्षदेखि रेड जोनमै अध्ययनस् २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको यो भवन रेड जोनमा परिसकेको छ। तर पनि, कैयौँ विद्यार्थी त्यही जीर्ण भवनमा अध्ययन गरेर पासआउट भइसके, कोही अझै अध्ययनरत छन्, र कोही त्यहीँ बसेर पढ्न बाध्य छन्।
तर, अहिलेसम्म कसैले गम्भीर चासो देखाएको छैन। यहाँ कसैलाई कसैको मतलब छैनस् शिक्षकहरूलाई घण्टा पुर्याए पुग्छ।
– कलेज प्रशासन मौन छ।
– विद्यार्थी नेताहरूलाई चुनावबाहेक अरू केही देखिँदैन।
– विद्यार्थीहरू भने असुरक्षित र अव्यवस्थित कक्षामा बस्न बाध्य छन्। हाम्रो सुरक्षा, प्रतिष्ठा र उत्तरदायित्वको जिम्मा कसले लिनेरु कक्षामा पढिरहेका बेला विभिन्न दलका विद्यार्थी नेताहरू आउँछन्, ‘नमस्कार, म फलानो, फलानो सङ्गठनमा आबद्ध छु। तपाईँहरूलाई कुनै साह्रोगाह्रो परे हामीलाई सम्झन सक्नुहुन्छ।’
यति भन्दै नम्बर छोडेर जान्छन्। तर, विगत ८/९ वर्षदेखि जीर्ण भवनमा अध्ययन गरिरहेका विद्यार्थीप्रति भने आजसम्म कसैको ध्यान पुगेको छैन। उनीहरूलाई त केवल चुनाव जित्नुछ । आखिर विद्यार्थी राजनीति किन ?
– सरकारी कलेजको वातावरण १०-१२ वर्षदेखि उस्तै छ।
-सरकारी कलेज भनेकै गरिब तथा निम्न वर्गका विद्यार्थीहरूको लागि मात्र हो भन्ने मानसिकता बनिसकेको छ।
– वर्षौंदेखि फेल भएका विद्यार्थीहरू सङ्गठनको नाममा राजनीतिको आडमा आफ्नो जीविका चलाइरहेका छन्।
विद्यार्थी नेतृत्व आवश्यक छ, तर आजको विद्यार्थी राजनीति शिक्षाको सुधार भन्दा व्यक्तिगत स्वार्थको माध्यम मात्र बनेको छ।
फोहोरी राजनीतिले सार्वजनिक कलेज कहिलेसम्म दुर्दशामा राख्छरु विद्यार्थी नेताहरूले विद्यार्थीका आवाज उठाउने, कलेजमा सुशासन कायम गर्ने, शिक्षकहरूको उत्तरदायित्व सुनिश्चित गर्ने, र पारदर्शिता ल्याउने काम गर्नु पर्ने हो।
तर, अहिले विद्यार्थी राजनीति भने तोडफोड, अराजकता, शक्ति प्रदर्शन र हिंसामा मात्र सीमित छ। कहिले क्याम्पस प्रमुख कुट्ने, कहिले कलेज प्रशासन तोडफोड गर्ने, कहिले नेपाल प्रहरीमाथि आक्रमण गर्ने जस्ता घटनाले विद्यार्थी नेताहरूको छवि बिगारेको छ।
सार्वजनिक शिक्षाको सुधारस् सही नेतृत्वको खाँचो जबसम्म विद्यार्थी राजनीति स्वार्थमुक्त र उद्देश्यपरक हुँदैन, तबसम्म सरकारी कलेजहरू सुधारको नाममा केवल बहसका विषय मात्र बन्छन्, सुधार भने कतै देखिँदैन।
पाटन क्याम्पस मात्र होइन, नेपालका अधिकांश सरकारी कलेजहरूको अवस्था यस्तै छ। जबसम्म विद्यार्थी राजनीति सत्ता खेलको उपकरण मात्र रहन्छ, तबसम्म सरकारी शिक्षालयहरूको अस्तित्व सङ्कटमै रहनेछ।
सही विद्यार्थी नेतृत्वले मात्र सार्वजनिक कलेजहरूको शिक्षाको स्तर, प्रशासनको पारदर्शिता, र विद्यार्थीको अधिकारको रक्षा गर्न सक्छ। त्यसैले, सुधारको सुरुवात सही नेतृत्वबाट हुनुपर्छ।
विद्यार्थी राजनीति सत्ता, स्वार्थ र अराजकताका लागि होइन, विद्यार्थीको भविष्य निर्माणका लागि हुनुपर्छ। यसका लागि विद्यार्थी नेतृत्वले आफ्नो भूमिका पारदर्शी र उत्तरदायी बनाउनु पर्छ।
सरकार, कलेज प्रशासन, र विद्यार्थी नेतृत्वले मिलेर सार्वजनिक शिक्षाको सुधारमा ध्यान दिनुपर्छ। केवल यसैबाट नेपालको शिक्षा प्रणालीले गुणस्तरीय र व्यवस्थित रूप लिन सक्छ।
Leave a Reply