Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत छन् : अग्निप्रसाद सापकोटा

    प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत छन् : अग्निप्रसाद सापकोटा

    अनलाइन नेपाल
  • आइतबार, ११ फाल्गुन २०८१
  • 153
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन्।

    काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् ।



    उनले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाए।

    उनले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे।

    सरकारकै कारण २३ दिनसम्म संसद कामबिहीन भएको उपाध्यक्ष सापकोटाले बताए।

    उपाध्यक्ष सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पुरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको धारणा राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार