Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • अछामकी १२ वर्षीया बालिका बलात्कृत, ५ महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिरियो

    अछामकी १२ वर्षीया बालिका बलात्कृत, ५ महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिरियो

    खोजतलास गर्दै प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, ११ फाल्गुन २०८१
  • 6.3K
    SHARES

    फाइल तस्विर

    अछाम । अछामकी एक १२ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । भारतको गुजरातमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी ती बालिका झण्डै ५० वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन् ।

    तर अहिले पेटमा करिब २५ हप्ता भन्दा बढीको बच्चा रहेको थाहा भएपछि घटना सार्वजनिक भएको छ । चौरपाटी गाउँपालिका घर भएकी ती बालिका अहिले बुवाआमा सँगै घर फर्किसकेकी छिन् ।



    बलात्कारको घटना बाहिरिएपछि बालिकाका आफन्तहरु अहिले न्यायको खोजीमा भौतारिरहेका छन् । बलात्कारको आरोप लागेका पुरुष अहिले पनि भारतमै छन् ।

    घटना बाहिरिएपछि पिडित बालिकाका आफन्तले ती युवकलाई समातेर भारतीय प्रहरीको जिम्मा लगाएका थिए । तर स्रोतका अनुसार ती आरोपित पुरुष दोस्रो दिन त्यहाँबाट भागेका थिए । बलात्कृत बालिका र आरोपित पुरुष फरक-फरक वडाका हुन् ।

    ती पुरुषविरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा जबरजस्ती करणीमा मुद्धा दर्ता भएको छ । केही दिन अगाडी मात्रै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरिसकेको अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

    मुद्धा दर्ता भएसँगै अछाम प्रहरीले भारतमा लुकेका उनको खोजी कार्यका लागि विभिन्न प्रयास गरिरहेको छ । अहिले करिब ३३ हप्ताको गर्भ पुगिसकेकाले बालिकाको अवस्था जटिल बन्दै गएको छ । बालिकाको भने हाल उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार