Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • चन्डोलमा कांग्रेस संस्थापनका सिटौला पक्षको छुट्टै भेला

    चन्डोलमा कांग्रेस संस्थापनका सिटौला पक्षको छुट्टै भेला

    अनलाइन नेपाल
  • शनिबार, १० फाल्गुन २०८१
  • 354
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका छन् ।

    सिटौलाले आफ्नो समूहमा रहेका केही नेतालाई आज आफ्नै निवास चन्डोलमा बोलाएर छलफल गरेका हुन् । नेपाली कांग्रेसमा १४औँ महाधिवेशनदेखि संस्थापन पक्षसँग एकाकार भएको सिटौला समूहले फेरि छुट्टै भेला थालेको हो ।



    सिटौला समूहले १३औँ महाधिवेशनदेखि कांग्रेसमा तेस्रो वैचारिक धारको पहिचान बनाएको थियो । तर, १४औँ महाँधिवेशनमा यो समूह संस्थापन पक्षसँग मिल्न पुगेको थियो ।

    भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका मन्त्री कुन्दनराज काफ्ले, कोसी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस वाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेशका सांसद जित शेरचन, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसहितको उपस्थिति थियो ।

    संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने भेलाबाट निष्कर्ष निकालेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार