Online Nepal
  • शनिबार, १३ बैशाख २०८२
  • उपेन्द्रले एक्लौटी रुपमा पार्टी चलाएपछि हामी अलग भयौं : अशोक राई

    उपेन्द्रले एक्लौटी रुपमा पार्टी चलाएपछि हामी अलग भयौं : अशोक राई

    अनलाइन नेपाल
  • शनिबार, १० फाल्गुन २०८१
  • 417
    SHARES

    जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईलेले, उपेन्द्र यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पणी गरेका छन् ।

    जनकपुरधाममा चलेको जसपाको मधेश प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै अध्यक्ष राईलेले यस्तो टिप्पणी गरेका हुन् ।



    अध्यक्ष राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए।

    उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, बैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए ।

    अध्यक्ष राईले अन्यायमा परेका सबै उत्पीडित जनतालाई न्याय दिलाउन पनि जसपा पुनर्गठित गरेको बताए ।

    उनले कुनै किसिमको अन्यौलमा नबसी उत्साहका साथ जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार