Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • पार्टीबाट ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्छ : झलनाथ खनाल

    पार्टीबाट ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्छ : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • 195
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र टिके प्रथा सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन्।

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् । उनले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपाललक्षित कटाक्ष गरे।



    नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए।

    उनले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखे ।

    पार्टीभित्र अन्य समस्याहरू पनि रहेको खनालको भनाइ छ । ती समस्याहरू केन्द्रीय कमिटीले हल गर्छ कि अरू कसैले गर्छ ? भन्दै उनले अध्यक्ष नेपाललाई प्रश्न समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार