Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने – वर्तमान सरकार साना पार्टीलाई समाप्त पार्न खोज्दैछ

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने – वर्तमान सरकार साना पार्टीलाई समाप्त पार्न खोज्दैछ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • 171
    SHARES

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकारले साना पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

    पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाए।



    अध्यक्ष नेपालले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स-साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ।’

    संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएको अध्यक्ष नेपालले बताए ।

    सरकार संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेको अध्यक्ष नेपालको भनाई छ। उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार