Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • एमाले फुटाएर मैले सही काम गरे : माधव नेपाल

    एमाले फुटाएर मैले सही काम गरे : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • 321
    SHARES

    काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले विभाजन जायज भएको बताएका छन् ।

    आजबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।



    उनले एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताए । अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए।

    नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए ।

    अध्यक्ष नेपालले पार्टी सानो छ, चल्छ भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जबाफ दिनुपर्ने बताए ।

    अध्यक्ष नेपालले काम, गतिविधि र व्यवहारबाट पार्टी सञ्चालन गरेर देखाउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार